काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाढीपीडितलाई स्ट्रेलिङ आयल नाइजेरियाकाे ५० हजार डलर सहयाेग

1.3K
shares

काठमाडाैं । नाइजेरियाको स्ट्रेलिङ आयल कम्पनीले रसुवाका बाढीपीडितलाई ५० हजार अमेरिकी डलर ( लगभग ७६ लाख नेरु ) सहयाेगकाे घाेषणा गरेकाे छ । स्ट्रेलिङले नेपालका बाढीपीडितलाई सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि पठाउने भएको छ ।

अफ्रिकाका बाह्र भन्दा बढी देशमा खनिज तेल , खनिज र मेटल क्षेत्रमा कार्यरत साे कम्पनीले आफ्नो कल्याणकारी शाखा भि- केयर फर डेभलपमेन्ट फाउन्डेसनबाट पचास हजार डलर घोषणा गरेर थप ब्यक्तिगत सहयोग गर्न इच्छा राख्ने आफ्ना कर्मचारीलाई सहयोगका लागि आन्तरिक आह्वानसमेत गरेको छ ।

कर्मचारीहरुबाट प्राप्त ऐच्छिक सहयोगसमेत उक्त रकमा थपेर सबै सहयोग राशि आगामी शुक्रवारभित्र नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएको छ ।

सो सहयोगका लागि प्रस्ताव र पहल गर्नेमा त्यहाँ कार्यरत दिलीप आचार्य हुन् । स्ट्रेलिङ नाइजेरियाको लागाेसमा मुख्यालय रहेको निजी क्षेत्रको प्रमुख तेल तथा ग्यास अन्वेषण तथा उत्पादन कम्पनी हो।

सन् २००५ मा स्थापना भएको यस कम्पनीले नाइजेरियाको अपस्ट्रिम तेल र ग्यास क्षेत्रमा अन्वेषण, विकास तथा कच्चा तेल उत्पादन गर्दै आएको छ। स्ट्रेलिङले १४३ क्षेत्रमा कच्चा तेल उत्पादन गर्दै आएको छ ।