गृहपृष्ठ राष्ट्रियसभाः ग्यास किन्न पाउने अवस्था बनाउन माग
राष्ट्रियसभाः ग्यास किन्न पाउने अवस्था बनाउन माग
राष्ट्रियसभा बैठक
काठमाडौँ, २४ भदौः
सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको राष्ट्रिय सभा बैठक । तस्बिरः गोपाल दाहाल/रासस
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य रञ्जित कर्णले मूल्य तिरेर ग्यास किन्न खोज्दा पनि आफूले नपाएको बताए ।
ग्यास नपाएकै कारण विद्यार्थीलाई समस्या भएको बाउँदै उहाँले सडकमा दाउरा बालेर खाना बनाउनुपर्ने अवस्था आएको आएको जानकारी गराए । ग्यास बिक्री वितरणमा भइरहेको कालोबजारी नियन्त्रण गर्न पनि सदस्य कणको माग थियो ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को अध्ययनले २१ भन्दा धेरै हिमताल नेपालका लागि खतरा रहेको देखाएकाले त्यसको बहाव क्षेत्रमा रहेका संरचनाका बारेमा राज्यसँग सूचना र जवाफ हुनुपर्ने उनको भनाइ छ ।
सदस्य विष्णुबहादुर विश्वकर्माले नेपालको उत्तरी भाग हिम क्षेत्र भएकाले यस्तो भूगोलको नियमित निगरानी गरिनुपर्ने बताए । तीन हजार १६५ वटा हिमताल रहेको बताउँदै उनले तीमध्ये २१ वटा हिमताल फुट्ने खतरामा रहेकाले त्यसप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित समय : १५:५९ बजे


















