गृहपृष्ठ राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोष वृद्धि हुँदै

राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोष वृद्धि हुँदै

राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोष वृद्धि हुँदै

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा क्रमशः रकम वृद्धि हुँदै गएको छ ।

भोटेकोशी नदीमा आएको बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दाताहरुले रकम जम्मा दाखिला गर्न उत्साहित भएका कारण कोषमा रकम बढ्दै गएको हो ।

लिस्बन (पोर्चुगल) पोर्चुगलबाट होटल व्यवसायी राजकुमार गौतमले आज पाँच लाख आर्थिक सहयोग गरेका छन ।

उनले सो रकम पोर्चुगलबाटै आज प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन । उनि होटल व्यवसायी छन ।

काभ्रेपलाञ्चोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)काभ्रे, शाखाले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३२ लाख ४६ हजार ७५२ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।

प्याब्सन पनौतीले ११ लाख २४ हजार ३३, प्याब्सन पाँचखालले तीन लाख सात हजार ४८४ र बनेपा नगर प्याब्सनले १७ लाख ५२ हजार २३५ सहयोग गरिएको प्याब्सनका उपमहासचिव भीमसेन केसीले बताए ।

पर्साः वीरगञ्ज महानगरपालिका– १० को शिवम् बचत तथा ऋण सहकारी संस्थाले दुई लाख ५१ हजार प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको अध्यक्ष शिवजीप्रसाद कलवारले बताए ।

कपिलवस्तुः तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५५ हजार सहयोग गरेको केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताए ।

तनहुँः तनहुँ समाज, युकेले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १० लाख १९५ सहयोग गरेको छ ।

समाजले बेलायतमा सङ्कलन गरेको उक्त रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको तनहुँ समाज युकेका उपाध्यक्ष निर्मला थापाले जानकारी दिए।

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु