गृहपृष्ठ कोरलानाकाबाट ओमोडा–जेइकुका गाडी भित्रिँदै, देशभर डेलिभरी सुरु
कोरलानाकाबाट ओमोडा–जेइकुका गाडी भित्रिँदै, देशभर डेलिभरी सुरु
काठमाडौं । नेपालमा ओमोडा तथा जेइकु ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नयाँ गाडीहरू मुस्ताङस्थित कोरलानाका हुँदै नेपाल भित्र्याएर देशभर वितरण प्रक्रिया सुरु गरेको जनाएको छ।
हालै आएको विनाशकारी बाढीका कारण रसुवागढी नाका जोड्ने सडकमार्गमा अवरोध उत्पन्न भएपछि ग्राहकलाई गाडी उपलब्ध गराउन ढिलाइ नहोस् भन्ने उद्देश्यले कम्पनीले वैकल्पिक मार्गका रूपमा कोरलानाका प्रयोग गरेको हो। कम्पनीका अनुसार यसबाट गाडीको आपूर्ति तथा देशभर डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको छ।
NAIMA Mobility Expo तथा NADA Auto Show 2026 मा ओमोडा र जेइकुका गाडीप्रति उल्लेखनीय ग्राहक आकर्षण र बुकिङ देखिएपछि नयाँ गाडीहरू छिट्टै ग्राहकलाई उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।
ओमोडा E5 र E5 Pro मा १९१ एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, लेभल २.५ ADAS, भेन्टिलेटेड, हिटेड तथा मसाज सिटसहित प्रिमियम इन्टेरियरको सुविधा रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, JAECOO J5 र J5 Pro मा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटर बुट स्पेस, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन तथा भेन्टिलेटेड सिट उपलब्ध छन्।
JAECOO J6T मा २२५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ४३१ किलोमिटरसम्मको रेन्ज, ६५.६९ kWh ब्याट्री र १३५ kW मोटर रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यी विशेषताले यसलाई शहरी यात्रादेखि लामो दूरी तथा साहसिक ड्राइभिङका लागि समेत उपयुक्त बनाएको छ।
देशभर वितरणका लागि गाडीहरू डिस्प्याच भइसकेकाले यसअघि ओमोडा तथा जेइकुका गाडी बुकिङ गरेका ग्राहकले छिट्टै आफ्नो गाडी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। नयाँ ग्राहकले पनि नजिकको आधिकारिक डिलरशिपमार्फत उपलब्ध मोडल, विशेषता र मूल्यबारे जानकारी लिएर बुकिङ गर्न सक्नेछन्।
प्रकाशित समय : ०८:०१ बजे


















