गृहपृष्ठ सुरक्षित स्थानमा पुनरुत्थान अघि बढाउन राष्ट्रपतिको आग्रह

सुरक्षित स्थानमा पुनरुत्थान अघि बढाउन राष्ट्रपतिको आग्रह

सुरक्षित स्थानमा पुनरुत्थान अघि बढाउन राष्ट्रपतिको आग्रह

त्रिशूली । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएको रसुवा, नुवाकोटलगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिँदै सुरक्षित स्थानमा पुनरुत्थान कार्यक्रम सञ्चालन अघि बढाउन आग्रह गरेको छन् ।

बाढीले पुर्‍याएको क्षतिपश्चात् अवस्थाको जानकारी लिन आज नुवाकोट आएका राष्ट्रपति पौडेलले अहिले भइरहेको खोज तथा उद्धारमा भएको प्रगतिको प्रशंसा गर्े । उनले राहत वितरण र होल्डिङ सेन्टर सञ्चालनको अवधि भने घटाएर क्रमशः पुनरुत्थानतर्फ लम्कनुपर्ने सुझाव दिए ।

श्री नं १ सैन्य तालिम केन्द्र विदुर नुवाकोटमा जिल्ला विपद् व्यवस्थापन समितिको पदाधिकारीसहित यहाँका जनप्रतिनिधि एवम् सरोकार भएका निकायका प्रतिनिधिबाट जानकारी लिएपछि राष्ट्रपति पौडेलले प्रभावित बासिन्दाको दैनिक जनजीवन सामान्यतर्फ अघि बढाउन क्षतिग्रस्त संरचना पुनरुत्थान अबको लक्ष्य हुनुपर्नेमा जोड दिए ।

“बाढी ठूलो आएको हो । अझै पनि आउँछ भन्ने सूचनाहरू आइरहेका छन्”, राष्ट्रपति पौडेलले भने “अहिले बाढी आएको ठाउँसम्म अब बस्ती राख्न हुँदैन । सुरक्षित ठाउँ खोजेर जतिसक्दो चाँडो पीडितलाई नयाँ घरमा बसाल्नु पर्दछ ।”

राष्ट्रपति पौडेललाई भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण नुवाकोटमा चार वटा पालिकाका धेरै बस्तीमा क्षति हुदाँ दुई हजार ६७३ जना बेपत्ता भइरहेका भनेर परिवारबाट निवेदन आएका विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी गराए ।

हाल खोज तथा उद्धार, बाढीसँगै आएको हिलोबाट पुरिएका पीडितको घरको खोजतलास, डुबानमा परेका सडकको आवागमन सञ्चालन गराउने प्रयास तीव्र अतिमा अघि बढाइरहेको राष्ट्रपतिसमक्ष जानकारी गराइएको छ । बाढीले क्षति पुर्‍याएको सडक वैकल्पिक माध्यमबाट सञ्चालन गराउने र बगाएको पुलको सट्टामा एक्रोब्रिज, बेलीब्रिजलगायत संरचना निर्माण गरेर दैनिक जनजीवन सामान्य बनाउन लागिरहेको विदुरका नगरप्रमुख राजन श्रेष्ठले राष्ट्रपति पौडेलसमक्ष अवगत गराए।

बाढी प्रभावित क्षेत्रका पीडितको अवस्था बुझ्न नुवाकोट आउनुभएका राष्ट्रपति पौडेलले जिल्लाको पछिल्लो अवस्थाको जानकारी लिएलगत्तै विदुर नगरपालिका(२ बट्टारस्थित कभर्ड हलमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा पुगेर अनुगमन गरेका थिए । होल्डिङ सेन्टरको अनुगमनसहित उनले त्यहाँ बसिरहेका रसुवा र नुवाकोटबाट विस्थापित बासिन्दसँग अन्तरक्रिया गर्दै सुझाव लिए ।

 

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु