गृहपृष्ठ भोटेकोशी बाढी परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष

भोटेकोशी बाढी परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष

भोटेकोशी बाढी परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष

चितवन । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ । आज परेको १३औँ दिनको पुण्यतिथिका अवसरमा काफ्ले परिवारले उनि पढेको विद्यालयलाई अक्षयकोषबापत दुई लाख ५५ हजार ४२९ हस्तान्तरण गरेको हो ।

स्वर्गीय काफ्लेका बुबा महोदत्त काफ्ले र उनको परिवारले जनजीवन माध्यमिक विद्यालय माडीका प्रधानाध्यापक अमृता केसी र शिक्षक रामप्रसाद भण्डारीलाई सो रकम वराबरको चेक हस्तान्तरण गरेका हुन। कक्षा १० सम्म विद्यालयमा प्रथम हुँदै आएका काफ्लेको सम्झनामा स्थापना गरिएको अक्षयकोषबाट विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको बुबा महोदत्तले बताए ।

काफ्लेको शव भदौ १२ गते नवलपुरस्थित गैँडाकोट नगरपालिका–७ गैरीमा भेटिएको थियो । उनको परिवार भरतपुर महानगरपालिका–७ प्रेमबस्तीमा बस्दै आएको छ । उनि माथिल्लो त्रिशूली थ्री ‘बी’ ३७ मेघावाटमा सिभिल इन्जिनियरका रूपमा कार्यरत थिए ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु