काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोटेकोशी बाढीमा परी मृत्यु भएकाको सम्झनामा वृक्षारोपण

1.53K
shares

बाँके । भोटेकोशी बाढीमा परी मृत्यु भएकाको सम्झनामा वृक्षारोपण गरिएको छ । आज राष्ट्रिय शोकको दिन पारेर बाढीमा परी मृत्यु भएकाको आत्मको शान्तिाका लागि वृक्षारोपण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले मृतकहरूको सम्झनामा फलफूलका बिरुवा रोपण गर्नुका साथै स्थानीयलाई वितरण गरिएको बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैजनाथ गाउँपालिका कमिटीले बैजनाथ गाउँपालिका-२ स्थित डिगिया गाउँमा फलफूलका बिरुवा रोपण तथा वितरण गरेको हो ।

“आज रोपिएका यी बिरुवा प्रत्येक वर्ष हुर्किंदै र फल्दै जानेछन् । यसमा फुल्ने फूल र लाग्ने फलले हामीलाई भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको सम्झना गराइरहनेछ”, मन्त्री खत्रीले भने । वृक्षारोपणमा स्थानीयनेता, कार्यकर्ता तथा सर्वसाधारणलाई आँप, लिची, कागती, शीतलचिनीलगायत करिब एक हजार फलफूलका बिरुवा वितरण गरिएको थियो ।

मन्त्री खत्रीले भोटेकोशी बाढीले केही जिल्लाका नागरिकलाई मात्र नभई देशभरका सबैको मन दुखाएको बताए । “बाढीपहिरोमा परेर ज्यान गुमाउने हाम्रा साझा पीडाका विषय हुन् । मृतकहरूको सम्झनालाई जीवित राख्दै उहाँहरूको आत्मको शान्तिाका लागि तथा वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउने उद्देश्यले फलफूलका बिरुवा रोपण र वितरण गरिएको हो”, उनले भने । स्थानीयवासीले पनि आज रोपिएका बिरुवा संरक्षण गरी हुर्काउने प्रतिबद्धता जनाएका छन् ।