गृहपृष्ठ नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

धादिङ । भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार उपलब्ध गराउन थालेको छ ।

नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर उक्त रकम उपलब्ध गराएका हुन् । भोटेकोशीको बाढीमा ३८ जना नगरवासी परेको प्रारम्भिक विवरण रहेको छ ।

तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन भएको जनाइएको छ । केही परिवारले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै अन्तिम काजकिरिया सुरु गरेका छन् ।

सम्पर्कविहीन नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित समय : १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु