गृहपृष्ठ सभापति थापा र नेता डा कोइरालाबीच भेटवार्ता

सभापति थापा र नेता डा कोइरालाबीच भेटवार्ता

सभापति थापा र नेता डा कोइरालाबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । भेटका क्रममा उनिहरूबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको डा कोइरालाको सचिवालयले जनाएको छ ।

नेता डा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारेका थिए ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए । उनिहरूबीच यही भदौ १० गते बुधबारका दिन नेपाल-चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु