गृहपृष्ठ रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
??????????????????????????????????????????????????????????
रुकुम–पश्चिम । रुकुम–पश्चिममा गत आर्थिक वर्ष २०८२/८३ मा चार लाख ३०४ जनाले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय रुकुमसहित पालिकामा रहेका पालिका अस्पतालबाट उक्त सङ्ख्यामा सेवाग्राहीले सेवा लिएका हुन् ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा स्वास्थ्य सेवा लिनेको सङ्ख्या पछिल्लो वर्ष केही घटेको देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा चार लाख ३९ हजार २५८ जनाले स्वास्थ्य सेवा लिएकामा आर्थिक वर्ष २०८१/८२ मा चार लाख ४३ हजार ५९८ जनाले स्वास्थ्य सेवा लिएका थिए । आर्थिक वर्ष २०८२/८३ मा चार लाख ३०४ जनाले स्वास्थ्य सेवा लिएका स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनले जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्षमा चौरजहारी नगरपालिकामा सबैभन्दा बढी एक लाख २१ हजार ४९४ जनाले स्वास्थ्य सेवा लिएका छन् भने मुसिकोट नगरपालिकामा एक लाख चार हजार ५९० जनाले सेवा लिएका छन् । त्यस्तै आठबिसकोट नगरपालिकामा ७२ हजार ३७०, सानीभेरी गाउँपालिकामा ३५ हजार ५६२, बाँफिकोट गाउँपालिकामा ३३ हजार २०३ र त्रिवेणी गाउँपालिकामा सवैभन्दा कम ३३ हजार ८५ जनाले स्वास्थ्य सेवा लिएका जनस्वास्थ्य अधिकृत पुनले जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका थिए । तीन आर्थिक वर्षकै अवधिमा स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहबाट संचालनमा रहेका अस्पतालबाट १२ लाख ८३ हजार १६० जनाले सेवा लिएका छन् ।
स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा स्वास्थ्य सेवा उपयोगको अवस्था स्थानीय तहअनुसार फरक फरक रहेको छ । सबै स्थानीय तहमा प्रविधि र विशेषज्ञको अभावमा सेवा सेवा प्रवाह नहुँदा समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित समय : १६:५३ बजे


















