गृहपृष्ठ बङ्गलादेशको त्रैमासिक रेमिट्यान्स प्रवाह छ अर्ब अमेरिकी डलर

बङ्गलादेशको त्रैमासिक रेमिट्यान्स प्रवाह छ अर्ब अमेरिकी डलर

बङ्गलादेशको त्रैमासिक रेमिट्यान्स प्रवाह छ अर्ब अमेरिकी डलर

विदेशमा बस्ने र काम गर्ने लाखौँ बङ्गलादेशीहरूले जुलाई–अगस्टको तीन महिनाको अवधिमा करिब छ अर्ब अमेरिकी डलर रेमिट्यान्स स्वदेश पठाएका सरकारी तथ्याङ्कले देखाएको छ ।

आधिकारिक तथ्याङ्क उद्धृत गर्दै बङ्गलादेश बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक आरिफ होसेन खानले भन्े, “बङ्गलादेशको विदेशी मुद्राको प्रमुख स्रोतमध्ये एक रहेको रेमिट्यान्स अगस्टमा गत बर्षको सोही महिनाको तुलनामा २२।५ प्रतिशतले बढेर दुई अर्ब ९६ करोड सात लाख डलर पुगेको छ ।

बङ्गलादेशीहरूले जुलाईमा दुई अर्ब ८५ करोड ९० लाख डलर रेमिट्यान्स स्वदेश पठाएको उनले थप्े ।

बैङ्कका अनुसार आर्थिक वर्ष २०२५÷२६ मा बङ्गलादेशको रेमिट्यान्स ३५ अर्ब डलरभन्दा बढी पुगी सर्वकालीन उच्च बिन्दुमा पुगेको थियो ।

बङ्गलादेशमा रेमिट्यान्स मुख्यतः संयुक्त अरब एमिरेट्स, साउदी अरब र कुवेतजस्ता मध्य पूर्वी मुलुकहरूबाट आउने गरेको छ ।रासस

 

प्रकाशित समय : २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु