गृहपृष्ठ ताँदी नदीमा बेलीब्रिज जडान जारी
ताँदी नदीमा बेलीब्रिज जडान जारी
नेपाल सेनाबाट देवीघाटमा एक्रोब्रिज निर्माण गर्दैः
त्रिशूली (नुवाकोट) २१ भदौ ः नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नपा–८ जिलिङ जोड्ने गरेर देवीघाटमा नेपाली सेनाकाे टाेलीले एक्रोब्रिज निर्माण गर्दै । भोटेकोशी नदीको बाढीले उक्त स्थानमा रहेका दुई पक्कि पुलमा क्षति पुर्याएसगै सेना मार्फत पुरानै पुलको जिप उपभोग गरेर ५७.५ मि.लम्बाई र ५.५ मि. चौडाईको ७० टन भारवाहन क्षमताको एक्रोब्रिज जडान थालिएको हो । पाँच दिनभित्र पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तस्बिर ः रामहरि न्यौपाने÷रासस
नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ । नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो । पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् । बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब १०० बटामा क्षति पुगेको थियो ।
प्रकाशित समय : १७:०२ बजे


















