गृहपृष्ठ कर्णाली सरकारसँग छन नौ सय बढी मोटरसाईकल, २३२ कार !

कर्णाली सरकारसँग छन नौ सय बढी मोटरसाईकल, २३२ कार !

कर्णाली सरकारसँग छन नौ सय बढी मोटरसाईकल, २३२ कार !

सुर्खेत। संघीयता स्थापना भएको धेरै समय भएको छैन । यद्यपी गरिब प्रदेशको उपमा पाएको कर्णाली प्रदेशमा रहेका दश जिल्लाका १९८ ओटा भवन संरचनामा नौ सय बीस ओटा मोटरसाईकल रहेको पाइएको छ ।

प्रदेश सरकारसँग रहेको सम्पति मध्ये बस तथा मिनिबस १४ ओटा रहेका छन भने कृषिजन्य सवारी साधनको संख्या २१ रहेको प्रदेश सरकारले जनाएको छ ।

यस्तै, एम्बुलेन्स र शववाहन २१ ओटा भएको देश सरकारसँग स्कुटर मात्रै एक सय ओटा रहेका छन् । प्रदेश सरकारसँग १०५ ओटा साईकल हुँदा एक ओटा रिक्सासमेत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ ।

यी साधनको मूल्य एक अर्व चार करोड ५२ लाख ७३हजार रहेको छ । १९८ संरचनाका लागि १९८ ओटा भवन रहेकोमा त्यसको मूल्य ६५ करोड ८६ लाख ४२ हजार रहेको छ ।

यस्तै, सूचना प्रविधि तथा कम्प्युटर सम्वन्धी उपकरण ५९ करोड १ लाख १ हजारका रहेका छन् । जसमध्ये डेस्कटप कम्प्युटर १८ सय २४ ओटा, ल्यापटप कम्प्यूटर/आईप्याड २६६८ र प्रिन्टर, स्क्यानर र फ्याक्स २९८८ ओटा रहेका छन् ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु