गृहपृष्ठ रौतहटका नयाँ सहायक सिडिओ फुयाँलले सम्हाले जिम्मेवारी

रौतहटका नयाँ सहायक सिडिओ फुयाँलले सम्हाले जिम्मेवारी

रौतहटका नयाँ सहायक सिडिओ फुयाँलले सम्हाले जिम्मेवारी

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को जिम्मेवारी हेमराज फुयाँलले सम्हालेका छन्।

फुयाँललाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुषालले बुधवार जिल्ला प्रशासन कार्यालयमा स्वागत गर्दै हाजिर गराएका हुन्।

यसअघि सहायक सिडिओको जिम्मेवारीमा रहेका जितेन्द्र कुमार यादवको सरुवा भएपछि उनको स्थानमा फुयाँल रौतहट आएका हुन्।

फुयाँललाई स्वागत तथा पदभार ग्रहण गराउने क्रममा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

नयाँ सहायक सिडिओ फुयाँलले कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै नागरिकमैत्री प्रशासन सञ्चालनमा आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु