global ime bank Long Banner Ad

गृहपृष्ठ डा श्रेष्ठलाई बन्धक बनाउने योञ्जन जेल चलान

डा श्रेष्ठलाई बन्धक बनाउने योञ्जन जेल चलान

डा श्रेष्ठलाई बन्धक बनाउने योञ्जन जेल चलान

नेपाल प्रहरीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिए ।

‘मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत हेटौँडाको विसं २०७० माघ १३ गतेको फैसलाअनुसार योञ्जनलाई नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौँ’, उनले भने ।

डा श्रेष्ठलाई बन्धक गरेर धादिङ, काठमाडौँ, नुवाकोटलगायत जिल्लामा राखिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका योञ्जनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ । (रासस)

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु