गृहपृष्ठ चेल्सीमा एमिलियानो मार्टिनेज, ७.५ मिलियन पाउन्डमा सम्झौता

चेल्सीमा एमिलियानो मार्टिनेज, ७.५ मिलियन पाउन्डमा सम्झौता

चेल्सीमा एमिलियानो मार्टिनेज, ७.५ मिलियन पाउन्डमा सम्झौता

काठमाडौं । इंग्लिस क्लब चेल्सीले एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेजलाई भित्र्याउन ७.५ मिलियन पाउन्डमा सम्झौता गरेको छ।

अर्जेन्टिनाका ३३ वर्षीय गोलरक्षक मार्टिनेजले लन्डनमा मेडिकल परीक्षण गराउनेछन्। उनी चेल्सीको गोलरक्षक समूहलाई थप मजबुत बनाउन स्ट्यामफोर्ड ब्रिज पुग्न लागेका हुन्।

चेल्सीले पहिलो रोजाइका गोलरक्षक रोबर्ट सान्चेजको पछिल्लो प्रदर्शनप्रति चिन्ता जनाउँदै मार्टिनेजलाई अनुबन्ध गर्ने निर्णय गरेको हो। फुलहमविरुद्ध सोमबार ३/२ को जितमा सान्चेजले कमजोर प्रदर्शन गरेका थिए।

मार्टिनेजलाई भिल्लाले जापानी गोलरक्षक जिओन सुजुकीलाई करिब ३० मिलियन पाउन्डमा अनुबन्ध गरेपछि बेच्न तयार भएको थियो। चेल्सी र भिल्लाबीच पछिल्लो समय खेलाडी कारोबार पनि लगातार हुँदै आएको छ।

यसअघि चेल्सीले भिल्लाबाट मोर्गन रोजर्सलाई क्लब कीर्तिमानी ११७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु