रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि नुवाकोटको विदुर नगरपालिका प्रभावित बनेको छ। बाढीका कारण प्रभावित तथा घाइतेहरूको उद्धारसँगै सुरक्षाकर्मी र स्वास्थ्यकर्मी प्राथमिक उपचारमा जुटेका छन्।

नेपाली सेनाले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिएको छ।