गृहपृष्ठ चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भिषण बाढीले गर्दा रसुवागढी नाका समेत अब अनिश्चिीत समयका लागि ठप्प भएको छ । बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन् ।

नाका अबरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । संघका महासचिव रामचन्द्र पराजुलीले बाढीले मानवीय क्षति सबैभन्दा ठूलो विषय भए पनि व्यापारिक हिसाबले पनि ठूलो क्षति पुगेको बताए । उनका अनुसार नाकामा ५०० भन्दा बढी सामान बोकेका कन्टेनर बगेका हुन् ।

‘दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, विद्युतीय सवारी (इभी) लगायतका विभिन्न सामान कन्टेनरमा थिए,‘ उनले भने, ‘यसको क्षति अरबौं रुपैयाँ बराबर हुन सक्छ ।’ पराजुलीका अनुसार बाढीले सीमाक्षेत्रको अवस्था अत्यन्त जटिल बनाएको छ । नेपालमा चीनबाट लत्ताकपडा देखि फलफूल र विद्युतीय सामानहरु आयात हुनेगरेको छ ।

चीनबाट सामान भित्रिने रसुवागढी सबैभन्दा ठुलो नाका हो । यो नाका अबरुद्ध हुँदा नेपालमा विभिन्न बस्तुको मूल्यवृद्धि समेत हुन सक्ने उनले बताए । संघले बाढीको अवस्थाबारे जानकारी गराउन गृहमन्त्री र गृह मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेको पनि जनाएको छ । पराजुलीका अनुसार मन्त्रालयले समेत घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ ।

प्रकाशित समय : ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु