काठमाडौं । नुवाकोटमा बाढीका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार सुरक्षाकर्मीले संकलन गरेर ल्याएका चारवटा शव फेला परेका छन् ।
प्रजिअ रेग्मीले खोलामा गएर थप शव संकलन गर्ने अवस्था अहिले नरहेको जानकारी दिए । उनका अनुसार खोलाको किनारमा आएका तथा उद्धारका क्रममा भेटिएका शव संकलन गरिएको हो ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ५९ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको शवसहित ५५ जनालाई जीवितै उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
नेपाल न्यूज बैंकलाई जानकारी गराउँदै उनले भने, ‘अहिलेसम्म यहाँ सुरक्षाकर्मीहरूले संकलन गरेर ल्याएको लास मध्येमा चारवटा लास फेला परेको हो । अरू अब यो खोलामा गएर संकलन गर्ने अवस्था अहिले छैन । अब खोलाको किनारमा आएकाहरू र उद्धार गर्ने क्रममा चाहिँ भेटिएका लासहरूको चाहिँ यहाँ चार जना फेला परेको, जम्माजम्मी चाहिँ ५९ जना-चार जना लाससहित चाहिँ ५५ जना चाहिँ हामीले उद्धार गरेको अवस्था छ ।’
उनका अनुसार बाढीका कारण पाँच जनाको मृत्यु भएको भन्ने समाचार आए पनि हालसम्म प्रशासनले चारवटा शव फेला परेको आधिकारिक पुष्टि गरेको छ ।


















