गृहपृष्ठ राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान
राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन ।
राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्दछु ।”
साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उनले आग्रह गरेका छन ।
प्रकाशित समय : १३:१५ बजे


















