गृहपृष्ठ उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट

उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट

उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट

जुम्ला । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरेको छ ।

जुम्ला इजलासका मुख्य न्यायाधीश वसन्तराज पौडेलले गत आर्थिक वर्ष २०८२–८३ मा दर्ता भएकामध्ये ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरिएको जानकारी दिए । उनका अनुसार, नयाँ दर्ता भएका ३२१ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १५ सहित ३२१ वटा मुद्दा फछ्यौट भएको छ ।

उक्त अवधिमा दर्ता भएका १५ वटा मुद्दा भने फैसला हुन बाँकी रहेको जानकारी दिइएको छ । त्यसअवधिमा थुनुवासम्बन्धी मुद्दा ११६ परेकामा ११५ वटा फछ्यौट भएको छ । उक्त अदालतले पुराना मुद्दालाई शून्यमा झार्ने लक्ष्य राखेको छ ।

चार जना न्यायाधीशको दरबन्दी रहेको उक्त अदालतमा हाल तीन जना कार्यरत रहेको जानकारी दिइएको छ ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु