गृहपृष्ठ ‘कफी विथ करण’मा पहिलो अतिथि सलमान खान हुने

‘कफी विथ करण’मा पहिलो अतिथि सलमान खान हुने

‘कफी विथ करण’मा पहिलो अतिथि सलमान खान हुने

मुम्बई । करण जोहरको कार्यक्रम ‘कफी विथ करण’ सधैं चर्चामा रहन्छ।

अहिले यस कार्यक्रमको नवौं सिजनबारे चर्चा सुरु भइसकेको छ। कार्यक्रममा सम्भावित अतिथिका रूपमा धेरै चर्चित नामहरू अघि आइरहेका छन्। विभिन्न रिपोर्टहरूका अनुसार सलमान खान यसका पहिलो अतिथि हुने भएका छन्।

‘भेराइटी’को एक रिपोर्ट अनुसार सलमान खानले करण जोहरको शोको पहिलो अर्थात प्रिमियर एपिसोडमा आफ्नो उपस्थिति पक्का गरेका छन्। उनी उक्त शोमा एक्लै उपस्थित हुनेछन् र यो शो अक्टोबरदेखि नोभेम्बरको बीचमा प्रसारण हुनेछ।

यसपटकको शोमा धेरै चर्चित अतिथिहरू देखा पर्नेछन्। ‘दिल चाहता है’ को टोलीका आमिर खान, सैफ अली खान, फरहान अख्तर र अक्षय खन्ना पनि यसमा सहभागी हुन सक्छन्। साथै, दिलजित दोसाँझ र विक्की कौशल सँगै शोमा आउने खबर पनि छ। यसैबीच, कृति सेनन र वरुण धवनको जोडी पनि शोमा देखिन सक्छ।

यसका साथै, विजय देवरकोन्डा र रश्मिका मन्डन्ना पनि यो कार्यक्रममा सँगै देखिन सक्छन्। अन्य अतिथिहरूको कुरा गर्दा समय रैना, फराह खान, करिना कपुर, काजोल, जया बच्चन, अहान पाण्डे र अनित पाड्डाजस्ता कलाकारहरू यस कार्यक्रममा सहभागी हुने भएका छन ।

यो कार्यक्रम बलिउडका सर्वाधिक चर्चामा रहेका ‘टक शो’हरूमध्ये एक हो। ‘कफी विथ करण’को पहिलो सिजन सन् २००४ मा सुरु भएको थियो। हालसम्म यस कार्यक्रमका आठवटा सिजन प्रसारण भइसकेका छन्। यो कार्यक्रम विभिन्न समयमा विवादमा पनि तानिएको छ। अहिले दर्शकहरू यसको नयाँ सिजनलाई लिएर उत्साहित छन्।

करण जोहरले सन् २०२६ का लागि ‘अक्युज्ड’, ‘ब्याह करातारे दा’ र ‘चाँद मेरा दिल’ गरी तीनवटा चलचित्र निर्माण गरेका छन्। यीमध्ये ‘चाँद मेरा दिल’ रोमान्स विधाको चलचित्र हो, जसमा अक्षय र अनन्या पाण्डे मुख्य भूमिकामा छन्। यसका साथै, करण जोहरको कार्यक्रम ‘द ट्रेटर्स’ले पनि निकै चर्चा बटुलिरहेको छ। यस कार्यक्रममा श्वेता तिवारी, मल्लिका शेरावत, मुनव्वर फारुकी, रिया चक्रवर्ती, अभिषेक मल्हान, क्रिस्टल डिसुजा, दिलीप ताहिल, रणवीर ब्रार, पारुल गुलाटी र शालिनी पासीजस्ता कलाकारहरू समावेश छन् र दर्शकहरूले यसलाई निकै रुचाएका छन्।

प्रकाशित समय : १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु