गृहपृष्ठ फक्ताङ्लुङ गाउँपालिकामा कृषि ढुवानी सेवा सञ्चालन
फक्ताङ्लुङ गाउँपालिकामा कृषि ढुवानी सेवा सञ्चालन
ताप्लेजुङ ।फक्ताङ्लुङ गाउँपालिकाले ‘कृषि ढुवानी’ सेवा सञ्चालनमा ल्याएको छ ।
पालिकामा उत्पादन भएका सागसब्जी तथा अन्य अन्नबाली खेर जान थालेपछि किसानलाई बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले ढुवानी सेवा सञ्चालनमा ल्याएको हो । पालिकाले २० लाखमा ढुवानीको साधन खरिद गरी दुवानी सेवा सञ्चालनमा ल्याएको छ । गाउँघरमा उक्त ढुवानी सेवालाई किसानको एम्बुलेन्स भन्न थालिएको छ ।
किसान र उपभोक्ताबीच व्यावसायिक सम्बन्ध स्थापित गर्ने उद्देश्यले कृषि ढुवानी सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । ढुवानी सेवा सञ्चालनमा आएसँगै बिचौलियाको प्रभाव अन्त्य भएको छ । किसान खुसी भएका छन् भने उनीहरुले सन्तोषजनका मूल्य पाएका छन् ।
उक्त सेवा सञ्चालन भएबाट दुर्गम गाउँका किसानलाई राहत मिलेको छ । हिजो बारीमा कुहिएर जाने सागसब्जीको अहिले मूल्य पाएका छन् ।
प्रकाशित समय : १८:२८ बजे


















