गृहपृष्ठ बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन
बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन
सुनसरी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको आज स्थलगत निरीक्षण गरेको छन् ।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले बाढी नियन्त्रण, नदी व्यवस्थापन र सिँचाइ विकासका कामलाई एकीकृत रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छन् ।
निरीक्षणपछि स्थानीयवासी तथा जनप्रतिनिधिसँग भएको छलफलमा उन्ले सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरणसँगै सिँचाइ विस्तारका लागि तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनमा लैजान जलस्रोत तथा सिँचाइ विभागलाई निर्देशन दिएको छन् ।
मन्त्री श्रेष्ठले भोक्राहा नरसिंहको सबस्टेशनसमेत बाढीको उच्च जोखिममा रहेकाले उपलब्ध स्रोत साधनको प्रयोग गरी तत्काल क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्न र आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए । उनले तत्काल जोखिम न्यूनीकरणका प्रयाससँगै दीर्घकालीन नदी व्यवस्थापन योजनालाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा राख्े ।
निरीक्षणका क्रममा उनले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे समेत जानकारी लिनुभयो । विद्युत् क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकताका आधारमा क्रमशः समाधान गर्दै आवश्यक रणनीति निर्माण गर्नुका साथै नीतिगत सुधार आवश्यक देखिए त्यसतर्फ समेत काम गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।
निरीक्षण तथा छलफल कार्यक्रममा सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य दीपककुमार साह, प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठ, मोरङ–६ का सांसद रुबिना आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा महेश्वर श्रेष्ठलगायत जनप्रतिनिधिको उपस्थिति थियो ।
प्रकाशित समय : १८:११ बजे


















