गृहपृष्ठ आजको राशिफल
आजको राशिफल
मेष ःमुद्दा मामिलामा सफलता प्राप्त होला, शत्रुहरु सेलाउदै जालान, स्वास्थ स्थिति सबल हुनेछ, संचित धनमा पनि वृद्धि होला। आजको दिन तपाइको मनोबल पनि वृद्धि होला।
वृष ःस्वास्थमा सुधार होला, धर्ममा रुची होला, आर्थिक दृष्टिले पनि आजको दिन राम्रो होला, साझेदारी ब्यबसायमा लाभ होला, प्रेम बढ्ने तथा पत्नीबाट सुख प्राप्त होला ।
मिथुन ःष्स्वास्थ्यमा सुधार होला, पशुपालन तथा पेसा ब्यबसायमा प्रगती तथा लाभ होला, पठनपाठन तथा बौद्दिक कार्यमा प्रगति होला तरपनि कुनै राम्रो कार्यमा धन खर्च होला।
कर्कट ःआजको दिन नोकरी तथा जागिर बाट तनाब होला, अनाबश्यक धन खर्च हुनाले अशान्ति होला, तरपनि मध्यान्नतिर बाट अध्ययन अध्यापनमा रुची बढ्नेछ, कुनै पनि नया स्थानको भर्मण होला।
सिंह ःआजको दिन हरेक कार्यमा साबधानी अपनाउनुपर्ने देखिन्छ, संतानपक्षको साथ र सहयोगले आजको दिन मन प्रसन्न रहला, धन मान तथा प्रतिष्ठामा वृद्धि होला।
कन्या ःआजको दिन अनेक प्रकारका लाभहरु प्राप्त होलान, पूर्ण नभएका मनोकामनाहरु पूर्ण हुनेछन, धार्मिक तथा सामाजिक कार्यमा मन जानाले पबित्र तिर्थस्थलहरुको यात्रा होला ।
तुला ःआजको दिन दुष्ट व्यक्तिको संगतले अपमानित हुनुपर्ला, सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ, परिवार तथा सन्तानको स्वास्थ्य समस्याको कारण धन खर्च होला ।
वृश्चिक ःनया कामकाजको सुरुवात होला, सम्पतिमा वृद्धि हुनुको साथै मांगलिक कार्यहरु सम्पन्न होलान, आजको दिन व्यापार व्यवसायबाट राम्रो हुनाले चारैतिरबाट सम्मान प्राप्त होला ।
धनु ःआजको दिन धन प्राप्तिको योग रहेको छ, तपाइको बोलि र व्यक्तित्वको कारण सबैको प्यारो बनिएला, बैदेसिक यात्राका अबसरहरु आउनेछन, जोश र जागर बढ्नाले कामहरु सम्पन्न होलान।
मकर ःतपाइको हिम्मत र पराक्रमको चर्चा चारैतिर हुनेछ, धार्मिक कार्यमा मन जाला, धन प्राप्तिको पनि योग रहेको छ, तरपनि दिउसोतिर हातमा समस्या आउनेछ।
कुम्भःकुनैपनि नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला, पैतृक सम्पतिको वृद्धि तथा प्राप्ति गराउला, आजको दिन आमाको साथ र सहयोग पनि पाइनेछ।
मीन ःआजको दिन पढाईलेखाईतिर मन जाने हुनाले कुनै रचनात्मक क्रियाकलाप गरिएला, लेख्रचानको कारणले तपाइको व्यक्तित्वमा निखारता आउला, धनमान तथा यश वृद्धि गराउला ।
प्रकाशित समय : ०५:५० बजे


















