गृहपृष्ठ संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

यमनका लागि संयुक्त राष्ट्रका विशेष दूत हान्स ग्रुन्डबर्गले साउदी ट्याङ्कर र यमनी सरकारी फौजविरुद्ध हुथी समूहको बढ्दो आक्रमणको बीचमा यमनमा द्वन्द्वको बढ्दो जोखिमको चेतावनी दिएको छन् ।

विज्ञप्ति जारी गर्दै ग्रुन्डबर्गले मारिब र हदरामाउट प्रान्तमा हुथी समूहले गरेको पछिल्लो आक्रमणलाई औंल्याउनु भएको छ जसले नागरिकहरू लगायत लाल सागर र एडनको खाडीमा व्यावसायिक ढुवानीमा आक्रमण गरेको बताइएको छ ।

उन ले विमानस्थलसहित नागरिक पूर्वाधारमा आक्रमण र क्षेत्रीय तनाव बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

आक्रमण जारी रहेमा यस्ता घटनाक्रमले सन् २०२२ को युद्ध(विरामको उपलब्धिलाई जोखिममा पार्ने खतरा रहेको बताउदै ग्रन्डबर्गले उनीहरूले यमनलाई व्यापक क्षेत्रीय द्वन्द्व मा ल्याउन सक्ने चेतावनी दिएको छन् ।

ग्रन्डबर्गले पछिल्लो समयमा यमनका दलहरू, क्षेत्रीय अभिनेता र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्झौताका लागि विकल्पहरू खोज्न गहन छलफल गरेको उल्लेख गरेका छन् ।

उनले सबै सम्बन्धित पक्षहरूलाई अधिकतम संयमता अपनाउन, सैन्य प्रतिशोधलाई उत्प्रेरित गर्न सक्ने कार्यहरू रोक्न र संयुक्त राष्ट्रको तत्वावधानमा सद्भावपूर्ण वार्तामा संलग्न हुन आह्वान गरेका छन् ।

सन् २०१४ को अन्त्यमा हुथीहरूले राजधानी सानासहित उत्तरी यमनको धेरै भाग कब्जा गरे देखि यमन द्वन्द्वमा फसेको जनाइएको छ ।

एक संयुक्त राष्ट्रसङघ्को मध्यस्थतामा सन् २०२२ मा गरिएको युद्ध–विराम सोहि वर्षको अक्टोबर देखि लागु भए पछि युद्ध केहि हद सम्म नियन्त्रणमा आएको जनाइएको छ ।

हुथी समूहले हुथी नियन्त्रित क्षेत्रहरूमा कायम साउदी नाकाबन्दीलाई उद्धृत गर्दै जुलाईमा साउदी जहाजमा समुद्री प्रतिबन्धको घोषणा गरेको थियो भने यो दाबीलाई रियादले दृढतापूर्वक अस्वीकार गरेको थियो ।

 

 

प्रकाशित समय : १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु