गृहपृष्ठ भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड ३४ लाख राजस्व सङ्कलन

भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड ३४ लाख राजस्व सङ्कलन

भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड ३४ लाख राजस्व सङ्कलन

दाङ । भूमि प्रशासन कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२र८३ मा ५९ करोड ३४ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट ३७ करोड सात लाख २४ हजार र पुँजीगत लाभकरबाट २२ करोड २६ लाख ९१ हजार सङ्कलन भएको कार्यालय प्रमुख शान्तराज गौतमले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यालयले आव २०८१र८२ मा रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट २५ करोड ६९ लाख ६१ हजार र पुँजीगत लाभकरबाट १० करोड ४४ लाख ८२ हजार राजस्व सङ्कलन गरेको थियो ।

आव २०८०र८१ मा रु १८ करोड ५९ लाख ६६ हजार रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट पाँच करोड ३१ लाख ५१ हजार र पुँजीगत लाभकरबाट सङ्कलन गरेको छ ।

गत भदौमा जेनजी आन्दोलनका क्रममा कार्यालयको भवन तथा कागजात जलेर पूर्ण रूपमा नष्ट भए पनि कार्यालयको सेवा प्रवाह नरोकिएकाले आव २०८२र८३ मा राजस्व सङ्कलनमा सफल भएको कार्यालय प्रमुख गौतमले उल्लेख गरे ।

उनले भने, “केही कागजातमात्र सुरक्षित थिए, जनतालाई कठिनाइका साथ सेवा दिएका छौँ । अहिले राजस्व पनि राम्रो सङ्कलन भएको छ ।” सो कार्यालयअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिकाका नागरिकले भूमिसम्बन्धी सेवा लिने गर्छन् ।

 

प्रकाशित समय : ०५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु