गृहपृष्ठ भूमि प्रशासनका फारम सरल बनाइँदै

भूमि प्रशासनका फारम सरल बनाइँदै

भूमि प्रशासनका फारम सरल बनाइँदै

काठमाडौँ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवासम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ ।

मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैँ भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

गठित समितिले फारम सरलीकरणसम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्नेछ । मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता अन्त्य गर्दै स्वयम् आफैँले लिखित फारम भर्न सक्ने उद्देश्यले समिति गठन गरिएको हो ।

समितिबाट उक्त प्रतिवेदन प्राप्त भएपछि सरलीकृत लिखित फारमहरू कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ । लिखत तथा अन्य कागजात सरल नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । सो अवस्थाको अन्त्यका लागि आवश्यक पहल गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित समय : ०६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु