global ime bank Long Banner Ad

गृहपृष्ठ यु रोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको मन्त्री चौधरीसँग भेट

यु रोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको मन्त्री चौधरीसँग भेट

यु रोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको मन्त्री चौधरीसँग  भेट

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा  भएको भेटमा उनिहरूबीच आपसीहितका विविध विषयमा द्विपक्षीय छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री चौधरीले नेपाल र युरोपेली सङ्घबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा कृषि, वन, वातावरण एवं ग्रामीण विकासका क्षेत्रमा प्राप्त सहयोगको प्रशंसा गरे ।

उन्ले नेपाल सरकारका तर्फबाट युरोपेली सङ्घको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । छलफलका क्रममा नेपालको कृषि क्षेत्रमा आगामी सहकार्यका सम्भावनाबारे विस्तृत विचार आदानप्रदान भएको थियो ।

नेपालमा उत्पादित बटर मिल्कबाट निर्मित ‘डग च्यु’लाई युरोपेली बजारमा निर्यात गर्ने सम्भावनाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ । मान्यता प्राप्त कृषि तथा खाद्य परीक्षण प्रयोगशालाको स्थापना तथा सुदृढीकरणका लागि सम्बन्धित निकायहरूसँग समन्वयात्मक रूपमा कार्य अघि बढाउने विषयमा सकारात्मक छलफल भएको छ ।

छलफलमा दुवै पक्षले कृषि, वन, वातावरण, खाद्य सुरक्षा, व्यापार तथा दिगो विकासका क्षेत्रमा नेपाल र युरोपेली सङ्घबीचको सहयोग, साझेदारी तथा प्राविधिक सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी, सुदृढ र विस्तारित बनाउँदै लैजाने साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

प्रकाशित समय : १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु