global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

‘सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

‘सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

बुटवल । सशस्त्र प्रहरीले रुपन्देही जिल्लाबाट १० लाख बढीको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर डण्डा, रुपन्देहीबाट खटिएको मोबाइल टोलीले आज रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी इलाकाबाट लत्ताकपडा, कस्मेटिक सामान र दुई थान स्कुटर बरामद गरेको हो ।

चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १० लाख १२ हजार बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं २७ गण हेड क्वाटर, रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गाबहादुर थापाले जानकारी दिए ।

सामानसहित युपी ५६ बीबी १६३५ र लु ४३ प ३०७ नम्बरको स्कुटर बरामद गरिएको उनले बताए । बरामद गरिएको सामान भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको नायब उपरीक्षक थापाले जानकारी दिए ।

 

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु