global ime bank Long Banner Ad

गृहपृष्ठ दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन्।

प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन्।

विभिन्न चरणको प्रतिस्पर्धा, प्रस्तुति तथा निर्णायक मण्डलको मूल्याङ्कनपछि विजेताहरूको घोषणा गरिएको हो।

मिस नेपाल प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रियस्तरको प्रतिष्ठित सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगिता हो। यसमार्फत विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

प्रकाशित समय : ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु