गृहपृष्ठ तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
इस्लामिक स्टेट समूह (आइएस) को एक क्षेत्रीय शाखाले उत्तरपूर्वी अफगानिस्तानमा एक जना तालिबान अधिबकारी माथि आक्रमण गरेको दाबी गरेको एक छ ।
बदख्सानको सूचना तथा संस्कृति विभागका प्रमुख जबिहुल्लाह अमिरीलाई प्रान्तीय राजधानी फैजाबाद जाँदै गर्दा गोली हानेर हत्या गरेको समुहका दाबी छ ।
अफगानिस्तान र पाकिस्तानको शाखा इस्लामिक स्टेट समूहले बुधवार आक्रमण गरेको बताएको छ । “खिलाफतका सैनिकहरूले तालिबान मिलिसियाका एक कमान्डरलाई।।। मेसिन गनले हानेर उनका एक गार्डसहित उनको हत्या गरेको निगरानी संस्था साइट ”इन्टेलिजेन्स ग्रुप “ ले उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ ।
मृतक अमिरी दक्षिणी हेलमण्ड प्रान्तका गभर्नर अमनुद्दीन मन्सुरका भतिजा रहेको जनाएको छ ।
अफगानिस्तानको सूचना र संस्कृति मन्त्रालयले “कायरतापूर्ण आक्रमण“ पछि एक आक्रमणकारी मारिएको र दोस्रोलाई पक्राउ गरेको बताएको छ ।
मन्त्रालयले “इस्लामिक सरकारका शत्रुहरूलाई यस्तो कायरतापूर्ण कार्यले संकल्पलाई कहिल्यै कमजोर नपार्ने जनाएको छ ।
तालिबान अधिकारीहरूले अफगानिस्तानमा सुरक्षा पुनस्र्थापना गर्ने प्रतिवद्धता गरेको भएता पनि सन् २०२१ मा सत्तामा फर्किए पछि छिट –पुट आक्रमणहरू जारी रहेको जनाइएको छ ।
इस्लामिक स्टेट समूहको क्षेत्रीय शाखाले जनवरीमा मध्य काबुलको एक चिनियाँ रेस्टुरेन्टमा भएको विस्फोटसहित कम्तीमा सात जनाको ज्यान गएको दाबी गरेको छ ।
जिहादी समूहले सन् २०२४ डिसेम्बरमा काबुलमा भएको आत्मघाती बम विस्फोटको समेत जिम्मेवारी लिएको थियो जसमा शरणार्थी मन्त्री खलील उर– रहमान हक्कानीको मृत्यु भएको थियो ।रासस
प्रकाशित समय : १७:१२ बजे


















