global ime bank Long Banner Ad

गृहपृष्ठ गृहमन्त्री गुरुङ सुनसरी जादै

गृहमन्त्री गुरुङ सुनसरी जादै

गृहमन्त्री गुरुङ सुनसरी जादै

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएको छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेको हो ।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जान लागेको हो । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु