गृहपृष्ठ जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

काठमाडौं । नेपालमा एक महिनाअघि सार्वजनिक भएको जीडब्लुएम (GWM) को प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ।

आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिका अनुसार ओरा–५ सार्वजनिक भएयता शोरुममा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङ उल्लेखनीय रूपमा बढेको छ। अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सुरक्षा, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न थालेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार ओरा–५ मा प्रयोग गरिएको ड्रागन आर्मर ब्याट्री जीडब्लुएमकै सहायक कम्पनी एसभोल्ट इनर्जी (SVOLT Energy) ले विकास र उत्पादन गरेको हो। कम्पनीले ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन आफ्नै नियन्त्रणमा राखेकाले यसको गुणस्तर, सुरक्षा र कार्यसम्पादनमा विश्वसनीयता रहेको जनाएको छ।

ड्रागन आर्मर ब्याट्रीमा विशेष संरचना अपनाइएको छ, जसले थर्मल रनअवे जस्ता दुर्लभ अवस्थासमेत तापलाई यात्रु बस्ने भागबाट बाहिर सुरक्षित रूपमा प्रवाह गर्ने कम्पनीको दाबी छ। पाँच तहको सुरक्षा प्रणालीले आगो, पानी, ठक्करलगायत विभिन्न चुनौतीपूर्ण अवस्थामा थप सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।

‘Designed with Intelligence, Shaped by Elegance’ अवधारणामा विकास गरिएको ओरा–५ ले २०२५ लन्डन डिजाइन अवार्ड्स अन्तर्गत ‘डिजाइन अफ द इयर (अटोमोबाइल/भेहिकल्स)’ सम्मान पनि प्राप्त गरेको कम्पनीले जनाएको छ।

ओरा–५ मा ५२० किलोमिटर ड्राइभिङ रेन्ज, २०० एमएम ग्राउन्ड क्लियरेन्स, कफी ओएस–३ स्मार्ट ककपिट, कफी पाइलट अल्ट्रा इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम, २० भन्दा बढी एडीएएस (ADAS) फिचर, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ, प्रिमियम इन्टेरियर तथा सातवटा एयरब्याग जस्ता सुविधा उपलब्ध छन्। यसले फाइभ–स्टार युरो एनक्याप र फाइभ–स्टार एएनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।

नेपालमा ओरा–५ को मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

भीजी इम्पेक्सका अनुसार ओरा–५ प्रति देखिएको सकारात्मक प्रतिक्रियाले नेपाली ग्राहक विश्वस्तरमा प्रमाणित विद्युतीय सवारीप्रति आकर्षित भइरहेको देखाएको छ। कम्पनीले निकट भविष्यमा हाभल जोलियन म्याक्स ईभी र अल–न्यु हाभल एच–७ समेत नेपाली बजारमा ल्याउने तयारी गरेको जनाएको छ।

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु