काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

५ हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा ल्याउन पाइने

1.44K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने तथा बाहिर लैजाने सम्बन्धी व्यवस्था पुनः स्पष्ट गर्दै ५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सकिने जनाएको छ।

राष्ट्र बैंकले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्नेछन्। सोभन्दा बढी रकम भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्नेछ।

राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम यसअघि जारी व्यवस्था पुनः स्मरण गराएको हो। यसअघि २०७५ असार ३२ र २०७५ चैत २६ मा प्रकाशित सूचनाअनुसारकै व्यवस्था कायम रहेको बैंकले जनाएको छ।

यस्तै, सन् २०१६ नोभेम्बर ९ भन्दा अघि प्रचलनमा रहेका भारतीय ५०० र १००० दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ।

सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २०० र ५०० दरका नोट भने नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन वा अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान पाउने छैनन्।

राष्ट्र बैंकले यसै विषयमा २०८२ भदौ १० गते जारी गरिएको सूचना खारेज गरिएको समेत जनाएको छ।