global ime bank Long Banner Ad

गृहपृष्ठ आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक श्रृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ ।

नेदरल्यान्ड्सको युट्रेच्टमा नेदरल्यान्ड्ले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र ललित राजवंशी रहेका छन् ।

प्रकाशित समय : १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु