global ime bank Long Banner Ad

गृहपृष्ठ उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङ्गमा विस्फोट हुँदा २० जनाको मृत्यु

उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङ्गमा विस्फोट हुँदा २० जनाको मृत्यु

उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङ्गमा विस्फोट हुँदा २० जनाको मृत्यु

उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङ्ग भित्र मिथेन ग्यास चुहावटका कारण भएको विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको उल्लेख गर्दै अन्य पाँच जना टनेल भित्रै फसेको आशंका गरिएको प्रहरीले बुधबार जनाएको छ । प्रहरी अधिकारीहरूका अनुसार विस्फोट हुँदा २५ जना उक्त टनेल भित्र रहेका थिए ।

सुरुङ्ग भित्र फसेका २५ जना मध्ये २० जनाको मृत्यु भएको पुष्टि भइ सकेको वरिष्ठ प्रहरी अधिकारी सोनम डी भुटियालाई उदृत गर्दै मिडियाले रिपोर्ट गरेका छन् ।

भारतमा सञ्चालित नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन एनएचपीसी द्वारा सञ्चालित ७ किलोमिटर लामो निर्माणाधीन सुरुङ्ग भित्र विस्फोट भएको घटनास्थलबाट आएको प्रारम्भिक अनुसन्धान रिपोर्टले जनाएको छ । पीडितहरूमा एनएचपीसीका उच्च–स्तरीय कर्मचारीहरू रहेको जनाइएको छ जो सुरुङ्ग भित्र नियमित निरीक्षणको काम गरिरहेका थिए ।

एनएचपीसीले विज्ञप्ति जारी गर्दै घटना “चट्टान भित्र जडित मिथेन ग्यासको अचानक विस्फोटको कारण भएको उल्लेख गर्दै विस्पोटको परिणामस्वरूप घटना स्थलमा धुवाँ र विषाक्त ग्याँसहरू फैलिएको जनाएको छ ।

एनएचपीसी जलविद्युत कम्पनीले भने घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान गरिने बताएको छ ।

 

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु