global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन

सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन

सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन

कैलाली । चलचित्र क्षेत्रको विकास तथा चलचित्रकर्मीको हकहित, संरक्षणका लागि सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन गरिएको छ ।

मंगलबार धनगढीमा सम्पन्न भेलाले सरस्वती खड्का भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

सङ्घको उपाध्यक्षमा वीरेन्द्र सिंह ‘बिरु’, महासचिवमा सुरेन्द्र सङ्गम, सचिवमा विनोद बोहरा ‘बोक्टानी किङ्ग’ र कोषाध्यक्षमा जयन्ती पाण्डेयलाई चयन गरिएको छ ।

यस्तै, सदस्यहरूमा रोबर्टसिंह बडैला, सङ्गत थारू चौधरी, प्रदीप चनारा, सतीस सिन्हा, माया खड्का र ज्ञानेन्द्र कुँवर चयन भएका छन् ।

भेलाले वरिष्ठ चलचित्रकर्मी जोशीको संयोजकत्वमा चलचित्रकर्मी मल्ल सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।

सुदूरपश्चिमका चलचित्रकर्मी लामो समयपछि सङ्गठित भएकाले अब यसका मौलिक चलचित्रको विकासर चलचित्रकर्मीको पेसागत अधिकार संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष भट्टले सुदूरपश्चिमका सबै चलचित्रकर्मीलाई समेटेर सङ्घलाई अघि बढाउने र साझा हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित समय : ०६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु