global ime bank Long Banner Ad

गृहपृष्ठ धेरै जिल्लामा वर्षा

धेरै जिल्लामा वर्षा

धेरै जिल्लामा वर्षा

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले प्रायः सबै जिल्लामा पानी परिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसमविद् विनु महर्जनले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले धेरै जसो जिल्लामा वर्षा भइरहेको जानकारी दिए ।

“कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ”, महर्जनले भने ।

विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज राति मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

 

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु