काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वन पुनःस्थापनाका लागि लक्ष्मी सनराइज, WWF नेपाल र काम्दी सामुदायिक वनबीच सहकार्य

2.9K
shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकले वातावरण संरक्षणलाई खेलकुदसँग जोड्दै सञ्चालन गरेको ‘द गोल इज ग्रिन (The Goal is Green)’ अभियान कार्यान्वयनका लागि WWF नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी CFCC)सँग सहकार्य गरेको छ। बैंकले विश्वकप फुटबल–२०२६ का प्रत्येक गोल बराबर एक रैथाने बिरुवा रोप्ने अभियानलाई प्राविधिक र सामुदायिक सहकार्यमार्फत अघि बढाएको हो।

सहकार्यअनुसार WWF नेपालले अभियानका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने काम्दी सामुदायिक वन समन्वय समितिले स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्ने तथा तिनको संरक्षण र व्यवस्थापन गर्नेछ। WWF नेपालले बिरुवाको प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान र पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार ‘द गोल इज ग्रिन’ अभियानले विश्वव्यापी खेलकुदको उत्साहलाई स्थानीय स्तरको वातावरण संरक्षणसँग जोड्ने उद्देश्य राखेको छ। निजी क्षेत्र, संरक्षण संस्था र स्थानीय समुदायबीचको सहकार्यबाट वन पुनःस्थापना तथा जैविक विविधता संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने लक्ष्य अभियानको रहेको बैंकको भनाइ छ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको दीर्घकालीन रणनीतिक प्राथमिकता रहेको उल्लेख गर्दै विश्वकपका प्रत्येक गोललाई नेपालको हरित भविष्यसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। WWF नेपालको संरक्षणसम्बन्धी विशेषज्ञता र समुदायसँगको अनुभवले अभियानलाई प्रभावकारी र दिगो बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

WWF नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना भनेको केवल बिरुवा रोप्नु मात्र नभई उपयुक्त स्थानमा रैथाने प्रजाति छनोट गरी स्थानीय समुदायसँगको सहकार्यमा संरक्षण सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए।

काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले उक्त सहकार्यले जैविक मार्ग (कोरिडोर) पुनःस्थापनाको प्रयासलाई थप प्रभावकारी बनाउने र स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरे।

बैंकले विश्वकप फुटबल–२०२६ अवधिभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता पूरा गर्ने जनाएको छ। बैंकका अनुसार अभियानले वित्तीय सेवा मात्र नभई सामाजिक तथा वातावरणीय उत्तरदायित्वलाई पनि संस्थागत अभ्यासका रूपमा अघि बढाउने लक्ष्य राखेको छ।