global ime bank Long Banner Ad

गृहपृष्ठ साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया (भिडियो सहित)

साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया (भिडियो सहित)

साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया (भिडियो सहित)

काडमाडौं । साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान सबेरैदेखि नै श्रद्धालुहरू लामो लाइनमा बसेर भगवान शिवको पूजा तथा दर्शन गरिरहेका छन् ।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका मात्रिका प्रसाद लामिछानेले साउनमा शिवको दर्शन र व्रत बस्दा परिवारमा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वासका कारण आफू दर्शनका लागि आएको बताएका छन् ।

उनले मन्दिरमा दर्शनका लागि करिब आधा घण्टा मात्रै लाइनमा बस्नु परेको बताए । उनले पशुपति क्षेत्र विकास कोषले दर्शन व्यवस्थापनलाई अघिल्ला वर्षको तुलनामा अझ व्यवस्थित र सहज बनाएको भन्दै खुसी व्यक्त गरे ।

लामिछानेले साउन महिनामा शिवको व्रत बस्नु धार्मिक दृष्टिले मात्र नभई सबैका लागि शुभ मानिने विश्वास रहेको बताए ।

यसैगरी, दर्शनका लागि मन्दिर पुगेकी अप्सरा लामिछानेले यसपटक धेरै समय लाइनमा बस्नुनपरेको र सहज रूपमा भगवान् पशुपतिनाथको दर्शन गर्न पाएको बताइन् ।

आफू प्रत्येक साउनको सोमबार पशुपतिनाथ मन्दिरमा पूजा गर्न आउने गरेको बताउदै उनले यस वर्ष पनि भगवान् शिवसँग आफ्नो तथा परिवारको सुस्वास्थ्यको कामना गरेको बताइन् ।

यस्तै, पशुपतिनाथको दर्शन गर्न पुगेकी अम्बिका फुयाँलले यसपटक दर्शनका लागि धेरै समय लाइनमा बस्नुन परेको बताएकी छन् । उनका अनुसार मन्दिरमा दर्शन व्यवस्था सहज रहेको र अघिल्ला वर्षको तुलनामा व्यवस्थापनमा सुधार भएको उनले बताइन् ।

प्रकाशित समय : ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु