global ime bank Long Banner Ad

गृहपृष्ठ फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा 

फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा 

फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा 

काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगनको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।

इङ्गल्याण्डको ऐतिहासिक जितमा जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका नायक बने । साकाले खेलको ३७औं, ४५औं र ८७औं (पेनाल्टी) मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे । इङ्गल्याण्डका लागि खेलको तेस्रो मिनेटमै डिक्लान राइसले सुरुवाती गोल गरेका थिए ।

खेलको १८औं मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गरेका थिए ।

खेलको अन्तिम समयमा फ्रान्सले लगातार गोल फर्काएर दबाब सिर्जना गरे पनि थपिएको समयको आठौं मिनेट अर्थात् ९०÷८ औं मिनेटमा जुड बेलिङ्ंघमले गोल थप्दै इङ्गल्याण्डको ६—४ को ऐतिहासिक जित पक्का गरे । यो जितसँगै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु