गृहपृष्ठ यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस सेयर पारित
यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस सेयर पारित
काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण गरिएको २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। साथै सञ्चालक समितिले पेश गरेका सबै सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।
कम्पनीले आवश्यक नियामकीय स्वीकृतिपछि बोनस सेयर जारी गरिने जनाएको छ। बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीका अनुसार २०८३ साल जेठ मसान्तसम्म शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउन्टर र प्रादेशिक कार्यालय समायोजनपछि प्रधान कार्यालयसहित १०४ वटा शाखा, उपशाखा तथा तेस्रोपक्ष बीमा काउन्टरमार्फत देशभर बीमा सेवा प्रदान भइरहेको छ।
कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ मा व्यवसाय विस्तार, सेवा सुदृढीकरण तथा शेयरधनीलाई अपेक्षित प्रतिफल उपलब्ध गराउने लक्ष्यका साथ कार्य अघि बढाइने जनाएको छ।
प्रकाशित समय : १७:२१ बजे



















