global ime bank Long Banner Ad

गृहपृष्ठ जल तथा मौसमजन्य विपद्को पूर्वसूचना थप प्रभावकारी बनाउन नेपाल टेलिकम र मौसम विभागबीच नयाँ सम्झौता

जल तथा मौसमजन्य विपद्को पूर्वसूचना थप प्रभावकारी बनाउन नेपाल टेलिकम र मौसम विभागबीच नयाँ सम्झौता

जल तथा मौसमजन्य विपद्को पूर्वसूचना थप प्रभावकारी बनाउन नेपाल टेलिकम र मौसम विभागबीच नयाँ सम्झौता

काठमाडौं । जल तथा मौसमजन्य विपद्को पूर्वसूचना समयमै सर्वसाधारणसम्म पुर्‍याउने उद्देश्यले नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच नयाँ सम्झौता भएको छ। सम्झौताअनुसार देशभरका जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई विपद्सम्बन्धी पूर्वसूचना ११५५ सर्टकोडमार्फत एसएमएसबाट पठाइनेछ।

सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले बुधबार हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि दुवै संस्थाका प्रमुखहरूले विगतदेखि सञ्चालनमा रहेको पूर्वसूचना सेवा प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गर्दै आवश्यक प्राविधिक विवरण तथा सेवा उपलब्ध गराउने सहकार्यप्रति एकअर्काप्रति आभार व्यक्त गरे। उनीहरूले आगामी दिनमा पनि सेवा अझ प्रभावकारी र नागरिकमुखी हुने विश्वास व्यक्त गरेका छन्।

सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, हिमआँधी, तातो हावाको लहर ९लु०, शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोजस्ता जल तथा मौसमजन्य प्रकोपको पूर्वसूचना नेपाल टेलिकममार्फत एसएमएसद्वारा सम्बन्धित क्षेत्रका ग्राहकसम्म पुर्‍याउनेछ। यसबाट सम्भावित जोखिमबारे नागरिकलाई समयमै सचेत गराई जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पूर्वसूचनालाई लक्षित क्षेत्रमा मात्रै पुर्‍याउन विभागले नेपाल टेलिकमलाई विभिन्न नदी तटीय तथा उच्च जोखिमयुक्त क्षेत्रका एसएमएस पोलिगन ९क्ःक् एयथिनयल० उपलब्ध गराउनेछ। यसमा पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकालीलगायत नदी तटीय क्षेत्र समेटिनेछन्। त्यसका साथै स्थानीय तह, जिल्लागत नक्सा, आकस्मिक बाढी सम्भावित क्षेत्र ९ँबिकज ँयियम एयथिनयल० तथा आवश्यकताअनुसार विशेष भूभागका नक्सासमेत उपलब्ध गराइनेछ, जसका आधारमा प्रभावित क्षेत्रका मोबाइल प्रयोगकर्तालाई लक्षित गरी पूर्वसूचना पठाउन सकिनेछ।

नेपाल टेलिकमले यो सेवा विगतदेखि नै निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। पूर्वसूचना प्रणाली सञ्चालनका लागि विभागलाई यसअघि उपलब्ध गराइएका ७०० वटा सिममा थप १०० वटा डाटा सहितका सिम थप्दै अब कुल ८०० वटा निःशुल्क सिम उपलब्ध गराइने भएको छ।

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागले संयुक्त रूपमा २०७३ सालदेखि जल तथा मौसमजन्य विपद्को पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्दै आएका छन्। कम्पनीका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत सञ्चालन भइरहेको यस सेवाबाट हालसम्म लाखौं नागरिक लाभान्वित भएका छन्। नयाँ सम्झौतापछि जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना अझ छिटो, लक्षित र प्रभावकारी रूपमा पुर्‍याउन सकिने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्।

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु