global ime bank Long Banner Ad

गृहपृष्ठ गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी  माध्यममा पढाइ

मटिहानी । गौशालास्थित सात विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि यहाँका अभिभावकलगायत विद्यार्थीको पहिलो रोजाइ नै सामुदायिक विद्यालय बन्दै गएको छ ।

गौशाला नगरपालिकामा ३२ सार्वजनिक विद्यालय छन् । पहिलो चरणमा पाँच विद्यालयमा अङ्ग्रेजीमा पढाइ सुरु गरिएको हो । यहाँ कक्षा १ देखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेका कारण विद्यार्थीका बाबुआमा र छात्रछात्राको चाहना नै समुदायस्तरीय पाठशालामा पढ्ने रहेको छ ।

त्रिभुवन मावि गौशाला र जनता मावि भरतपुरखोरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म, श्री मावि निगौलमा कक्षा ४ सम्म, जनता मावि रजखोरमा कक्षा ५ सम्म, श्री राष्ट्रिय मावि कान्तिवजारमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको छ ।

पूर्वशिक्षक भरतसिंहले भने, “कुनै समय अभिभावकको पहिलो रोजाइ निजी विद्यालय बन्ने गरेकोमा हाल समुदायगत विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि अभिभावकको शिक्षामा लगानी बचत भएको बताए ।”

जनता मावि रजखोरका प्रधानाध्यापक अमोदकुमार साहले अभिभावकको इच्छाअनुसार बिद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुआत गरेको बताए । उनले गौशाला नगरपालिकाले शिक्षामा एकरुपता ल्याउनुपर्ने बताए ।

नगरपालिकाले सामुदायिक विद्यालयमा अनिवार्य अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन आएको निर्देशनअनुरुप सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन सुरुगरेको शिक्षा समितिका सदस्य जीतेन्द्रकुमार सिंहले बताए ।

श्री मावि निगौलका प्रधानाध्यापक सिंहले नगरपालिकाबाट जारी गरिएको निर्देशनअनुरुप यहाँका समुदायगत बिद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन निःशुल्क दिन थालेपछि पछिल्लो समयमा सार्वजनिक पाठशालाको चर्चा चुलिएको बताए ।

दरबन्दी मिलान, विद्यालय व्यवस्थापन समितिको सहयोगात्मक भूमिकालगायतका प्राविधिक पक्षलाई सम्बोधन गर्दै अङ्ग्रेजी माध्यमको पढाइलाई अभियानका रुपमा नगरपालिकाले नीति बनाएरै अगाडि बढने नगर शिक्षा अधिकृत सञ्जयकुमार सिंहले जानकारी दिए ।

गौशााला नगरपालिकाका नगरप्रमुख डा दीपेन्द्र महतोले शैक्षिक गुणस्तर प्रदान गर्नका लागि स्थानीय पालिकाले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको जानकारी दिए। उनले विद्यालयमा तालिमप्राप्त शिक्षक, अत्यावश्यक पूर्वाधार, पाठ्यपुस्तकलगायतका आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै अघि बढेको बताए ।

प्रकाशित समय : १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु