काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जोखिममा परेका बालबालिकालाई सहयोग

2.27K
shares

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले जोखिममा परेका बालबालिकालाई बाल हित कोषमार्फत खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको हो ।

नगरपालिकाको बाल हित कोषमार्फत विपन्न, असहाय तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकालाई राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाभित्रका जोखिममा परेका ११५ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । उनले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए । नागरिकको दुःख र अप्ठ्यारोमा स्थानीय सरकार सधैँ साथमा रहनेछ । आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । “आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न जोखिममा परेका बालबालिकालाई संरक्षण र सहयोग गर्नु सबैको साझा दायित्व हो”, उनले भने, “यस्ता कार्यक्रमले बालबालिकाको मनोबल बढाउनुका साथै उनीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्नेछ ।”

नगरपालिकाका अनुसार बाल हित कोषमार्फत आगामी दिनमा आवश्यकतामा रहेका बालबालिका तथा विपन्न परिवारलाई लक्षित गरी विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।