गृहपृष्ठ ‘सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधारमा सरकार केन्द्रित छ’
‘सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधारमा सरकार केन्द्रित छ’
मोरङ । गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा र प्रहरीका भौतिक पूर्वाधार सुधारमा सरकार केन्द्रित रहेको बताएको छ ।
नेपाल–भारत सीमाक्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिन यहाँ आउनुभएका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रहरी कार्यालयका जीर्ण भवन तथा भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
देशका विभिन्न जिल्लास्थित प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको जानकारी आफूलाई भएको उल्लेख गर्दै ती संरचनाको पुनःनिर्माण तथा स्तरोन्नतिका लागि सरकारले गृहकार्य गरिरहेको बताए ।
फरक प्रसङ्गमा मन्त्री गुरुङले चोरीतस्करी नियन्त्रण, सुरक्षा निगरानी विस्तार तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउन गृहप्रशासन क्रियाशील रहेको बताए ।
प्रकाशित समय : १६:३८ बजे


















