गृहपृष्ठ पातुखोलाका स्थानीयको एकताले गाउँमा लागुऔषधि दुव्र्यसनी न्यूनीकरण
पातुखोलाका स्थानीयको एकताले गाउँमा लागुऔषधि दुव्र्यसनी न्यूनीकरण
तुलसीपुर । पातुखोलाका स्थानीयले यहाँका लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गर्न सफल भएका छन् ।
त्यसो त १ दुव्यर्सनी न्यूनीकरण मात्र होइन, समाजमा अन्य विकृतिजन्य क्रियाकलाप गर्नेलाई पक्राउ गरी प्रहरीलाई बुझाउन थालेपछि दुव्र्यसनी तथा समाजमा गैरकानुनी काम गर्नेको सङ्ख्या न्यूनीकरण हुँदै गएको हो ।
यसअघि यहाँ हुने झै–झगडा, कुटपिटजस्ता गैरगतिविधिले पातुखोला अक्रान्त थियो । अहिले हरेक साँझ समुदायका नागरिक एकजुट भएर गस्ती गर्छन् । जसल गर्दा समाजमा अनधीकृत कार्य कम गइरहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ मा पर्ने सोही ठाउँका १० वटा टोलका नागरिक मिलेर त्यस्ता गतिविधि न्यूनीकरण गर्न अभियान सञ्चालन गरेका स्थानीय वीरेन्द्र विकले बताए।
उनले भन्े“हामीले हरेक साँझ यो अभियान चलाइरहेका छौँ”, “जसले गलत प्रवृत्तिका मान्छे गाउँमा छिर्न सक्दैनन् ।”
गाउँ नजिकै बसपार्क छ । जसले अनधिकृत गतिविधि बढेको थियो । ज्ञानज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले बताए । उनले गस्तीका कारण घरमा निदाउने वातावरण तयार भएको बताए।
गत वर्ष फागुन ७ गतेदेखि सुरु भएको यो अभियान निरन्तर सञ्चालन भइरहेको छ ।
यस्ता अभियान समुदायस्तरबाट सञ्चालन भएमा त्यसले समाजलाई सही मार्गमा लैजाने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए ।
“समाजलाई सही मार्गमा लैजाने जिम्मेवारी समुदायको पनि हो”, उनले भने “त्यसका लागि समाज मिलेर यस्ता कार्य निरन्तर गर्न आवश्यक हुन्छ ।”
प्रकाशित समय : १५:५८ बजे



















