global ime bank Long Banner Ad

गृहपृष्ठ रारा मुर्माटपमा टेलिकमको फोरजी सेवा सुचारु, स्थानीय खुशी

रारा मुर्माटपमा टेलिकमको फोरजी सेवा सुचारु, स्थानीय खुशी

रारा मुर्माटपमा टेलिकमको फोरजी सेवा सुचारु, स्थानीय खुशी

दान बहादुर बुढा, नेपाल न्यूज बैंक

मुगु । मुुगुको रारा तालको पर्यटकीय गन्तब्य मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा सुचारु गरेपछि स्थानीयबासी र पर्यटकहरुलाई राहत मिलेको छ ।

छायाँनाथ रारा नगरपालिका ९ स्थित पर्यटकीय गन्तब्य रारा मुर्माटपमा नेपाल टेलिकमले फोरजी टावर निर्माण गरि असार १५ देखि बाट तिब्र गतिको फोरजी सेवा बिस्तार हुँदा रारा क्षेत्र लगायत आसपास क्षेत्रमा रहेका स्थानीय नागरिक र पर्यटकहरु सहज रुपमा फोरजी सेवा लिन पाउने भएपछि हर्षित पनि भएका छन् ।

फोरजी टावर निर्माणसंगै इन्टरनेट सेवा सुचारु भएपछि स्थानीय खुशी भएको मुर्मा गाँउका डवल रोकायाले वताए । रारा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई इन्टरनेट चलाउन सहज भएको पनि उनले बताए ।

करिव सात आठ बर्षदेखि लथालिङ अवस्था रहेको रारा मुर्माटपको फोरजी टावर निर्माण कार्य पुरा गरि फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम मुगुका निमित्त प्रमुख बिमल कुमार बुढाले जानकारी गराए ।

बुढाका अनुसार थार्प टावरबाट रेडियो लिंक मुर्माटप टावरमा जोडेर फोरजी चलाइएको हो । अहिले सिमित सेवा मात्र सुचारु गरिएको छ, पावर ब्याकअप भरपर्दो नबनाउँदासम्म दिगोपनमा चुनौती देखिएको छ ।

सात आठ बर्ष अघि खरिद गरिएका पुराना ब्याट्रीले पावर धान्न नसक्ने र नयाँ ब्याट्री जडान गरेपछि मात्र सेवा दिगो हुने बुढाले बताए ।

्नयाँ ब्याट्री जडानको लागि ठेक्का प्रक्रिया अघि बढिसकेको उनको भनाई छ ।

उक्त फोरजी सेवाले सिंगो मुर्मा गाउँ, रारा क्षेत्र आसपासका बस्तीहरु, होटल, निकुञ्ज कार्यालय र निकुञ्जमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी र भ्रमणमा आएका पर्यटकहरु इन्टरनेट फोरजी सेवाबाट लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ ।

लामो समयदेखि प्रक्रिया सुरु भएपनि ठेकेदारका लापवाहीका कारण अलपत्र परेको थियो । स्थानीयको दबाब र सामाजिक युवा अभियन्ता अनिल वाँनियाको पहलपछि नेपाल टेलिकमले टावर निर्माण कार्यलाई तिब्रता दिएर सेवा सुचारु गरेको हो ।

असार १५ गतेदेखि फोरजी सेवा सुचारु भएर मोबाइलमा द्रुत गतिको इन्टरनेट चल्न थाले पनि टावरमा पावर ब्याकअपको समस्या देखिने गरेको छ । भौगोलिक विकटताका कारण मुर्माटपमा विद्युतीय केन्द्रीय प्रसारण लाइन नहुँदा टावर पूर्ण रूपमा पावर संचालनमा आउन समस्या हुने देखिएको छ ।

हाल टावरमा जडान गरिएका ब्याट्री ब्याकअपको क्षमता अत्यन्तै कमजोर वा न्यून भएकाले मौसम खरावी हुदा बित्तिकै विद्युत आपूर्तीमा खरावी हुने र नेटवर्कमा समस्या उत्पन्न हुने स्थानीयको भनाइ छ ।

प्रकाशित समय : १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु