global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् रौतहटमा पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् रौतहटमा पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् रौतहटमा पक्राउ

रौतहट । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा टोल बस्ने ४२ वर्षीय महन्थ राय यादव रहेका छन् ।

यादवले गत जेठ ३ गते आफ्नै सुत्ने कोठामा ३२ वर्षीया श्रीमती आरती देवी यादवलाई धारिलो हतियार (बन्चरो) प्रयोग गरी हत्या गरेका थिए । हत्या गरे लगत्तै उनी फरार भएका थिए ।

घटना घटेदेखि नै प्रहरीले उनको निरन्तर खोजतलास गरिरहेको थियो । प्राविधिक विश्लेषण समेतका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ विजयपुरबाट नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए ।

प्रकाशित समय : ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु